कलैया, ०३ भदौ। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत आज जारी खेलमा नेपालले होबार्ट ह्युरिकेन्सलाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।
नेपालले आफ्नो चौथो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको थियो। नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन जोड्यो।