28.3 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
28.3 C
Kalaiya
Tuesday, October 14, 2025

नारायणी स्टील उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु

spot_img
spot_img

कलैया, ०५ भदौ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा रहेको नारायणी स्टील उद्योगमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका –१४ घर भएका २२ वर्षीय उपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

रात्रिकालीन सिफ्टमा वेल्डिङ सेक्सनमा काम गर्ने क्रममा करेन्ट लाग्दा नारायणी अस्पताल पुर्याइए पनि राति ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पर्साका प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार मृतक उद्योगमा ठेकेदारमार्फत काम गर्दै आएका थिए। घटनापछि मृतकका आफन्त र मजदुर संगठनहरूले उद्योगमा सुरक्षित वातावरण नहुँदा दुर्घटना भएको दाबी गरेका छन्।

Advertisement

अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष बेनी तिमिल्सिनाले क्याल ग्रुपले सञ्चालन गर्ने उद्योगहरूमा मजदुरलाई ट्रेड युनियन सम्बन्धी अधिकार नदिइएको, कानुनअनुसार सुविधा नपाइएको र अनुगमनमै अवरोध पु¥याइने आरोप लगाए। उनले संविधानले नै मजदुरलाई ट्रेड युनियन खोल्ने र सामाजिक सुरक्षामा आवद्ध हुने अधिकार दिएको भए पनि त्यसको कार्यान्वयन नहुने अवस्थाले बारम्बार दुर्घटना हुने गरेको बताए।

Advertisement

उता, क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्यालले चौधरी नियमित मजदुर नभए पनि उनको दुर्घटना बिमा भएकाले नेपाल सरकारले तोकेको क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएका छन्। उनले आर्थिक मन्दीका कारण उद्योगमा ठेकेदारमार्फत श्रमिक भर्ना गर्नुपरेको उल्लेख गर्दै सुरक्षा मापदण्ड पालना गरिएको भए पनि दक्ष श्रमिक अभावमा दुर्घटना हुने गरेको बताए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर