मेषः
आज मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ । कर्मप्रति समर्पित भइनेछ र प्रतिष्ठामा बृद्धि हुनेछ । प्रेम जीवन सुदृढ हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ ।
वृष :
करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ । आज तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुनेछ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ । लामो यात्रा गर्ने सोच रहेको छ भने पुनर्विचार गर्नु उपयुक्त हुनेछ ।
मिथुन:
एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन । आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्नेछ । शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र पनि लाभप्रद रहनेछ ।
कर्कट:
शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला । कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्नेछ । शैक्षिक एवं व्यापारिक क्षेत्रबाट लाभ नै देखिन्छ । कानुनी तथा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
सिंह:
परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रतिस्पर्धी र सिकाइका आधारमा गरेको प्रयासले जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।
कन्या:
नातागोता र कुलकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्न सक्नेछ । किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । अनावश्यक हतार वा आवेगले पनि विवाद निम्त्याउन सक्नेछ ।
तुला:
लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । शारीरिक ऊर्जा र उत्साहमा वृद्धि हुनेछ ।
बृश्चिक:
अध्ययन क्षेत्रमा सफलता मिल्नेछ । पहिलेका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने छ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । धन आर्जनका स्रोतहरु बढ्नेछन ।
धनु:
खटेअनुसार फाइदा बटुल्ने दिन छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । राम–रमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ ।
मकर:
विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय छ । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअल्मलिनु होला । नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । दिउँसोदेखि लोकाचारका लागि फजुल खर्च बढ्न सक्नेछ ।
कुम्भ :
दैवले साथ दिने समय हो । जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुनेछ । शरीर हलुका र मन प्रसन्न रहनेछ । समुदायको हितमा राम्रै काम गर्न पनि सकिनेछ ।
मीन:
निरन्तर मिहिनेतको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने छ । चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।