30.4 C
Kalaiya

Wednesday, October 29, 2025
spot_img
30.4 C
Kalaiya
Wednesday, October 29, 2025

जेनजी आन्दोलन : कलैयाका विद्यालयमा पनि दुई दिन शोक बिदा

spot_img
spot_img

कलैया, २४ भदौ। जेनजी युवाको सोमबार भएको देशभर आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण कलैया उपमहानगरपालिकाले दुई दिन विद्यालयमा शोक बिदा दिएको छ ।

Advertisement

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर विद्यार्थीको मृत्यु भएपछि गहिरो दुःख व्यक्त गर्दै उपमहानगरपालिकाले आज भदौ २४ र २५ गते सम्पूर्ण विद्यालयमा शोक बिदा दिने निर्णय गरेको हो।

Advertisement

उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव कुमार यादवले सूचना जारी गर्दै उपमहानगरका सामुदायिक तथा संस्थागत विद्यालय लगायत सम्पुर्ण शैक्षिक संस्थाहरुमा दुई दिनका लागि बिदा दिने निर्णय भएको बताएका छन ।

Advertisement

सोमबारको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४ सय भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

May be an image of text

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!