30.6 C
Kalaiya

Thursday, September 11, 2025
spot_img
30.6 C
Kalaiya
Thursday, September 11, 2025

राष्ट्रपतिको वक्तव्य–लोकतन्त्रको संरक्षणका लागि हर प्रयास गर्दैछु

spot_img
spot_img

कलैया,२६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर आफू हर प्रयासमा रहेको बताएका छन् ।

Advertisement

उनले विज्ञप्ति जारी गर्दै देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफू विचार–विमर्शसहित हरसम्भव प्रयास गरिरहेको बताएका छन ।

Advertisement

राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर