कलैया, २९ भदौ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको छ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सर्भरमा क्षति भएको भन्दै बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति भएकाले सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS ) सम्बन्धी सेवा अवरुद्ध भएको विभागले जारी सूचनामा उल्लेख छ ।
अर्को सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने विभागले जनाएको छ।