कलैया, २९ भदौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुङ्गो लागेको छ । अर्थमन्त्रीमा अर्धविज्ञ डा रामेश्वर खनाल रहेका छन भने उर्जा मन्त्रीमा कुलमान घिसिङको टुङ्गो लागेको छ ।
घिसिङलाई भौतिक पुर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिइने छ । गृहमन्त्रीमा ओम प्रकाश अर्यालको टुङ्गो लागेको छ । उनलाई गृहसहित कानुन मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ।
खनाल पूर्व अर्थ सचिव समेत हुन । त्यस्तै अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका छन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पुर्व कार्यकारी निर्देशक हुन ।