कलैया, ३० भदौ। जेनजी आन्दोलनमा परेर ज्यान गुमाएका शहीदरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै उक्त निर्णय गरेका हुन् । साथै उनले शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय भएको बताएका छन। उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
गृहमन्त्री अर्यालले शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदले निर्णय लिने बताए । सरकारले यस अघि नै आन्दोलनमा परेर घाइते भएकाहरूलाई शहीद घोषणा गरेको छ ।
शवहरूको व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याउने समेत निर्णय भएको मन्त्री अर्यालले बताए। यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने गृहमन्त्री अर्यालले निर्णय गरेका छन् ।