Friday, July 31, 2026

वेस्ट इन्डिजसँग खेल्ने नेपाली टोली घोषणा, आदिल पनि समावेश

कलैया, ३० भदौ। यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको टी-२०आई शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । जसमा आदिल आलम पनि टिममा समावेश भएका छन् ।

बारा जिल्ला निवासी आलम ३ वर्ष पछि राष्ट्रिय टोलिमा फर्किएका हुन। त्यस्तै सन्दीप जोराले पनि पुनरागमन गरेका छन् । उनी २०२४ को टी-२० विश्वकपपछि पहिलोपटक टोलीमा फर्किएका हुन। नेपालले सेप्टेम्बर २७, २९, ३० मा वेस्ट इन्डिजविरुद्ध सिरिजमा तीनवटा टि–२० खेल खेल्नेछ।

नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, आरिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप जोरा, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर