Wednesday, July 1, 2026

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

कलैया, ३१ भदौ। घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर लागु हुने गरी रुट परमिट खुला हुने भएको छ ।

यातायात व्यवस्था विभागमा बसेको सरोकार भएका निकायको बैठकले सो निर्णय गरेको हो। त्यस्तै बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर