Wednesday, July 1, 2026

नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक यात्रुको मृत्यु

कलैया, १ असोज। नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामी रहेको जिल्ला प्रहरी कार्यालयका चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन ।

तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार कामी गम्भीर घाइते भएका थिए। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बस र चालक प्रहरीको नियन्त्रणमा रहेको टनाबारे थप अनुन्धान अगाडी बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर