24.9 C
Kalaiya

Thursday, September 18, 2025
spot_img
24.9 C
Kalaiya
Thursday, September 18, 2025

संविधान दिवसको अवसरमा आज देखि नेपाल टेलिकमको विशेष प्याकेज अफर

spot_img
spot_img

कलैया, २ असोज। संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष अफर आज देखि सुरु भएको छ। कम्पनीले रु ४९ मा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अल नेट भ्वाइस सेवा उपलब्ध हुने जनाएको छ।

Advertisement

त्यस्तै डाटा प्याकेज अन्तर्गत रु १११ मा पाँच दिनसम्म चलाउन सकिने छ जिबी, रु १९९ मा सात दिनसम्म चलाउन सकिने १३ जिबी, रु २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी र रु ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने छ। रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने छ ।

Advertisement

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

उक्त सम्पुर्ण अफरहरु २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुने कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर