Friday, June 5, 2026

मधेस प्रदेशसभामा ४० करोड बराबरको क्षति

spot_img

कलैया, ३१ भदौ। केहि दिन अघि भएको जेनजीको आन्दोलनको क्रममा मधेस प्रदेशसभामा ४० करोडको भौतिक क्षति भएको छ । प्रदेशसभामा रहेको ७ वटै दलका संसदीय दलका कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्ष लगायत सचिवालयका अधिकांश शाखामा तोडफोड र आगजनी गरी पूर्ण रुपमा नष्ट भएको छ ।

उक्त कार्यालयहरुमा रहेको सरकारी गाडीमा समेत तोडफोड तथा आगजनी गरिएको छ। आन्दोलनको क्रममा कार्यालयभित्र भएका फर्निचर, कम्प्युटर, ल्यापटप, इटरनेट, टेलिभिजन र पङ्खालगायतका भौतिक सामग्री लुटपाट गर्नुका साथै जलाएर पूर्ण क्षतिग्रस्त गरिएको ।

त्यस्तै मधेस प्रदेशसभाबाट आन्दोलनको नाममा लुटपाट गरी लगिएको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, क्यामरा, मनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन, एसीलगायत विद्युतीय उपकरणका साथै भौतिक सामग्रीलगायतका सामान फिर्ता गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर