कलैया, २ असोज। श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिपमा आज (बिहिबार) अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज बेलुका सवा ७ बजे देखि सुरु हुने छ। यसअघि नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २-० ले पराजित गरेको थियो ।
तीन टोली मात्र सम्मिलित यस समूहमा नेपाल आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्दै छ भने बंगलादेशको पहिलो खेल हुनेछ । आज हुने खेलमा नेपालले बराबरीको नतिजा निकाले पनि सेमिफाइनलमा स्थान बनाउने छ।