Monday, August 17, 2026

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Advertisement
Advertisement Advertisement

कलैया, ३ असोज। नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ । आज बेलुका इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउने काम सुरु गरिएको भए पनि माथिबाट पहिरो आउने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। सडक खुल्न अझै ४-५ घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ।

पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर