Sunday, June 21, 2026

जेनजी आन्दोलन : मृतकका परिवारलाई साढे २ लाख प्रदान गर्ने मधेश प्रदेश सरकारको निर्णय

कलैया, ३ असोज। जेनजी आन्दोलनको क्रममा मधेश प्रदेशमा घर भएका मृतक परिवारलाई राहतस्वरूप प्रतिपरिवार दुई लाख ५० हजार प्रदान गर्ने मधेश प्रदेश सरकारले निर्णय गरेको छ ।

मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुप्रति प्रति प्रदेश सरकारद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने घोषणा गरिएको छ ।

आन्दोलनका क्रममा घाइते भएका प्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचार प्रबन्ध मिलाउनुपर्ने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकोे छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर