Wednesday, July 1, 2026

जेनजी आन्दोलनमा सहिद भएका असहाब आलमका परिवारलाई वीरगञ्ज महानगरले ५ लाख दिने

कलैया, ४ असोज । जेनजी आन्दोलनको क्रममा मृत्यु भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का युवा असहाब आलमको परिवारलाई वीरगन्ज महानगरले ५ लाख रुपैयाँ दिने भएको छ । सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित काठमाण्डौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलि लागेर उनको मृत्यु भएको थियो। अन्तरिम सरकारले आलमसहित आन्दोलनको क्रममा मृत्यु भएका सबैलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो।

वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनःनिर्माणमा खर्च गर्ने र आलमको परिवारलाई ५ लाख रुपैयाँ दिने सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।

शनिबार आयाेजित विशेष अधिवेशन (विशेष नगर सभा) ले पुननिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । केहि दिन अघि भएको जेनजी आन्दोलनको क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर