Monday, August 17, 2026

करेन्ट लागेर एक जनाको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, ४ असोज। सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लहान नगरपालिका वडा नम्बर २३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लहान नगरपालिका-१९ सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक वीजेन्द्रकुमार सहनी रहेको प्रहरीले जनाएको छ। आज बिहान घर नजिकैको खेतमा रोपिएको धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारको लागी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर