कलैया, ४ असोज । पहिरोका कारण आज पनि रातभर मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा निरन्तर पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उक्त सडक खण्ड शुक्रबार राती देखि नै अवरुद्ध छ । प्रहरीका अनुसार शनिबार राती पनि सडक सन्चालनमा आउने छैन । निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।
भोलि बिहान देखि फेरी पहिरो पन्छाउन काम सुरु गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

















