Wednesday, July 1, 2026

बिहानैदेखि मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम सुरु

कलैया, ५ असोज। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज (आइतबार) बिहानैदेखि सुरु गरिएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ देखि खसेको निरन्तरत पहिरोको कारण उक्त सडक बन्द रहेको छ।

पहिरो पन्छाउँदासमेत नसकिएपछि अहिले पुनः पहिरो पन्छाउने काम सुरु गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ। पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने कार्यालयले जनाएको छ। करिब ७० मिटरमाथिबाट निरन्तर पहिरो खसेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिन र नारायणढ दुवैतर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको छ। पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर