21.1 C
Kalaiya

Monday, October 13, 2025
spot_img
21.1 C
Kalaiya
Monday, October 13, 2025

सिमरा महिला साकोसको १८ औँ साधारण सभामा उत्कृष्ट बचतकर्ता तथा विद्यार्थीलाई सम्मान

spot_img
spot_img

सिमरा, ५ असोज । सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो ।

Advertisement

उहाँले बदलिँदो राष्ट्रिय अर्थतन्त्रसँगै सहकारी क्षेत्रलाई गुणस्तरीय वित्तीय सेवामा सक्षम बनाउन नीति, विधि र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । साथै सहकारी प्राधिकरण र नेपाल राष्ट्र बैंकले जारी गरेका अध्यादेश तथा मापदण्डको परिधिभित्र रही संस्थाले सञ्चालन गर्नुपर्नेमा उहाँले आग्रह गर्नुभयो । सभामा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक अनिता लम्साल, सञ्चारकर्मी रञ्जन यादवसहित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement

कार्यक्रममा अध्यक्ष मुना खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष सनम पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । लेखा समिति संयोजक उर्मिला सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार संस्थाले हालसम्म १४ करोड ६८ लाख ५४ हजार ४ सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ४४ लाख ६५ हजार ८ सय ५९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

Advertisement

सभामा उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, उत्कृष्ट समूह, जेष्ठ सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । यसैगरी कक्षा १२ को परीक्षामा जीतपुरसिमरा उपमहानगरपालिकाका सामुदायिक विद्यालयबाट उत्कृष्ट जीपीए ल्याउने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका छात्रा आकृति पुलामी र छात्र मनिष पाठकलाई विशेष सम्मान गरिएको थियो ।

सहकारी प्राधिकरणको नयाँ मापदण्डअनुसार बाहिरी अतिथि नबोलाई आफ्नै सदस्यबीच सभा सम्पन्न गरिएको थियो । सभाको अध्यक्षता अध्यक्ष मुना खरेलले गर्नुभएको थियो भने उपाध्यक्ष भिमादेवी शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । सचिव गीता शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर