Monday, August 17, 2026

आज देखि सार्वजनिक सवारी साधनमा ‘रुट परमिट’ खुला

Advertisement
Advertisement Advertisement

कलैया, ६ आसोज । सरकारले आज (सोमबार) देखि सार्वजनिक सवारी साधनमा रुट परमिट खुला गरेको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आज असोज ६ गते देखि असोज २२ गतेसम्म देशभर रुट परमिट खुला गरिएको हो।

यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकले यो निर्णय गरेको हो। रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउने ब्यवस्था छ।

त्यस्तै सरकारले यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर