21.9 C
Kalaiya

Sunday, October 19, 2025
spot_img
21.9 C
Kalaiya
Sunday, October 19, 2025

नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो २ बजे

spot_img
spot_img

कलैया, ६ असोज। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीका लागि सिफारिस गरेका ५ जनाको शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले शपथका लागि समय निर्धारण गरेको हो ।

Advertisement

प्रधानमन्त्री कार्कीले मदन प्रसाद परियार, अनिल सिन्हा, महावीर पुन, संगिता मिश्रा र जगदिश खरेलको नाम सिफारिस गरेकी हुन्। परियारलाई कृषि विकास तथा पशुपंंछि मन्त्रालय दिने सिफारिस भएको छ । त्यस्तै पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा पूर्वसचिव मिश्रालाई स्वास्थ्य मन्त्री, पूर्वन्यायाधीश सिन्हालाई  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री,तथा पत्रकार खरेललाई सञ्चारमन्त्री बनाउन सिफारिस गरिएको छ ।

Advertisement

केही मन्त्रीले दोहोरो मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । नेपालको संविधानको धारा ८० मा प्रधानमन्त्रीको सिफारिसमा नियुक्त मन्त्रीहरूले राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर