Monday, August 17, 2026

सशस्त्र प्रहरीद्वारा पर्साबाट १९ किलोभन्दा बढी चरेस बरामद

Advertisement
Advertisement Advertisement

कलैया, ६ असोज । सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिका–७ जगतपुर मननपुर गाउँस्थित एक घरबाट ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ।

सशस्त्र प्रहरीको प्रसौनीभाठा बीओपीबाट प्रहरी निरीक्षक चेतन बाह्रकोटीको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले १९ किलो १ सय २६ ग्राम चरेस फेला पारेको थियो । चरेस दुईवटा कालो झोलामा कार्टुनभित्र लुकाइ राखिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।

छापा मार्ने क्रममा घरमा कुनै व्यक्तिको उपस्थिती नभएको पुष्टी गरिएको छ। बरामद गरिएको चरेसलाई थप कारबाहीका लागि प्रहरी कार्यालय पोखरियालाई जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर