Monday, August 17, 2026

निरन्तर खसेको पहिरोका कारण मुग्लिन-नारायणघाट सडक फेरी दुईतर्फी बन्द

Advertisement
Advertisement Advertisement

कलैया, ७ असोज । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक फेरी दुईतर्फी बन्द भएको छ । मुग्लिन-नारायणघाट सडक अन्तर्गत तुइन खोला पुल नजिकै निरन्तर खसेको पहिरोका कारण आज दिउँसो १ बजेबाट सडक आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम रोकिएको छैन। सडक डिभिजन कार्यालय भरतपुर चितवनका अनुसार, पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा भए पनि सुरक्षाको दृष्टिले तत्काल खटाउन सकिएको छैन।

सडक अवरुद्ध हुँदा यात्रु बीचबाटोमै अलपत्र परेका छन्। सकेसम्म गाडी र यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर