Monday, August 17, 2026

जेनजी प्रदर्शनका क्रममा प्रहरीको हत्यामा संलग्न दुई जना पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया, ८ असोज। केहि दिन अघि भएको जेनजी प्रदर्शनको क्रममा महाराजगन्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन रायलाई बीभत्स हत्यामा संलग्न रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले धापासीबाट नियन्त्रणमा लिएको हो ।

गत भदौ २४ गते प्रदर्शनका क्रममा उद्दण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्नुका साथै दुई जना प्रहरीको निर्मम हत्या गरेका थिए । मृत्यु हुनेमा असई राय र प्रहरी जवान उत्तम थापा रहेका छन् । प्रहरी जवान थापालाई त डीएसपी भन्दै कुटपिट गरी हत्या गरिएको थियो । ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै कुटेर हत्या गरिएको थियो ।

प्रहरीले घटनाको भिडियोको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीको हत्या आरोपमा यस अघि असोज ४ गते काभ्रे घर भएका युवराज क्यापछाकी पक्राउ परेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर