कलैया, ८ असोज। राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार भेटवार्ता भएको हो ।
भेटको क्रममा आगामी फागुन् २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको छ। त्यस्तै समसामयीक राजनीति घटनाको बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।