कलैया, ९ असोज। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि मतदाता नामावली संकलन सुरु भएको छ।
निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत खुला गरेको मतदाता नामावली संकलन सुरु गरेको जनाएको हो । १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सकिने छ ।