Wednesday, July 1, 2026

धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको ज्यान गयो

कलैया, १० असोज। धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेका छन् । त्यस्तै मोटरसाइकलमा सवार सवार १७ वर्षीय राहुल महतो गम्भिर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झिझिया नाच हेर्नका लागि जाँदै गर्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर