कलैया, १० असोज। रामेछापमा आज (शुक्रबार) दिउँसो भूकम्पको गएको छ ।
आज दिउँसो २ बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यस अघि असोज १ गते पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

















