Wednesday, July 1, 2026

कलैया–बरियारपुर सडक खण्डमा दुई मोटरसाइकल ठोक्किँदा ६ जना घाइते

कलैया,१० असोज । बारामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। शुक्रबार राती साढे ७ बजे कलैया उपमहानगरपालिका–१४ बघवनस्थित कलैया–बरियारपुर सडक खण्डमा प्रदेश २-०३-०१६ प ४७३ नम्बरको मोटरसाइकल र बि आर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । भारतीय मोटरसाइकलमा ४ जना सवार रहेको पाइएको छ ।

दुर्घटनामा प्रदेश २-०३-०१६ प ४७३ नम्बरको मोटरसाइकल चालक महागढीमाई नगरपालिका–१ बस्ने १८ वर्षीय अफताब आलम र सोही मोटरसाइकलमा सवार १८ वर्षीय समसाद देवान घाइते भएका छन्। आलमको अनुहार र दुवै खुट्टामा चोट लागेको छ भने देवानको दाहिने खुट्टा र ओठमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अर्को मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–११ कचोर्वाका ३५ वर्षीय किशोरी साह घाइते भएका छन उनको टाउको, अनुहार र खुट्टामा चोट लागेको छ । सोही मोटरसाइकलमा सवार उनका १३ वर्षीय छोरा कौशल साह र १२ वर्षीय कृष्ण साह घाइते भएका छन्।

उक्त मोटरसाइकलमै सवार ३७ वर्षीया जुही साह समेत घाइते भएकी छन । उनको टाउकोमा गम्भीर चोट लागेपछि थप उपचारका लागि वीरगञ्जस्थित एनएमसी अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्। अन्य घाइतेहरूको उपचार कलैया प्रा.लि. अस्पतालमा भइरहेको छ।

दुवै मोटरसाइकललाई इलाका प्रहरी पोष्ट बसपार्क बाराले नियन्त्रणमा लिएको छ। घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर