21.9 C
Kalaiya

Sunday, October 19, 2025
spot_img
21.9 C
Kalaiya
Sunday, October 19, 2025

शिक्षकहरूको तलब निकासा नगर्ने स्थानीय तहलाई कारवाही हुन्छ : शिक्षामन्त्री पुन

spot_img
spot_img

कलैया, ११ असोज। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चाडपर्वको मुखमा शिक्षकहरूको तलब रोक्ने स्थानीय तहलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

Advertisement

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै दशैं–तिहारको अवसरमा शिक्षकहरूको तलब रोकिएको गुनासो आएको भन्दै शिक्षा मन्त्रालयले पठाइसकेको तलब स्थानीय तहले तत्काल निकासा गर्नुपर्ने बताएका छन् ।

Advertisement

मन्त्री पुनका अनुसार मन्त्रालयबाट पठाइएको रकम हरेक पालिकामा पहिले नै पुगेको भए पनि कतिपय पालिकाले अझै तलब वितरण नगरेको खबर आएको छ । उनले भोलि सम्ममा अन्यायपूर्ण रूपमा शिक्षकलाई तलब नदिने पालिकामाथि नियमअनुसार कारवाही हुने चेतावनी दिएका छन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर