कलैया, ११ असोज। वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० शृंखलाको पहिलो खेलमा नेपालले १४९ रनको लक्ष्य दिएको छ।
युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाएका छन् ।

















