Monday, August 17, 2026

वीरगञ्जबाट एक अज्ञात गर्भवती महिलाको उद्धार

Advertisement
Advertisement Advertisement

कलैया, १२ असोज । वीरगञ्जबाट एक महिलाको उद्दार गरिएको छ । वीरगञ्ज महानगरपालिका-१४ बहुवरीबाट शनिबार राती नाम थर बताउन नसक्ने गर्भवती महिलाको उद्दार गरेर मानव सेवा आश्रममा ल्याइएको हो ।

वडा प्रहरी कार्यालयको प्रहरी सहायक निरिक्षक भुलेन्द्र गिरी र सामजिक अभियन्ता प्रकाश थारुले अन्दाजी ३० वर्षकी महिलाको उद्दार गरि आश्रममा ल्याइएको मानव सेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिएका छन ।

ति गर्भवती महिलासँग पटकपटक नाम तथा ठेगाना सोधपुछ गर्दा बताउन नसकेको गुप्ताले जानकारी दिए। उद्दार गरिएकी महिलाको मानसिक तथा नशा रोग विशेषज्ञ डा. भरत गोइत तथा नारायणी अस्पतालकी नर्स हेमा थापाको निगरानीमा उपचार गरिने मानव सेवा आश्रम वीरगन्जले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर