Thursday, September 24, 2026

ऐतिहासिक जितपछि वेस्ट इन्डिजसँग नेपालले आज दोस्रो खेल खेल्दै

Advertisement
Advertisement

कलैया, १३ असोज। वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेल खेल्दैछ। खेल नेपाली समय अनुसार राति ८ः१५ बजे युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा सुरु हुनेछ । यस अघि शनिबार राती भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकाल्दै पहिलो पटक टेस्ट राष्ट्रलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ आज मैदानमा उत्रिनेछ ।

पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो। १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नेपालले वेस्ट इन्डिजसँग भोलि मंगलबार अन्तिम खेल खेल्नेछ ।

नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम

वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर