Monday, August 17, 2026

लुकाएर राखेको ४० बोरा अनुदानको मल व्यवसायीको घरबाट बरामद

Advertisement
Advertisement Advertisement

कलैया, १३ असोज। सिरहामा लुकाएर राखेको ४० बोरा अनुदानको डिएपी मल व्यवसायीको घरबाट बरामद भएको छ। जिल्लाको गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

नेपाल सरकारद्वारा अनुदानित कृषि सामग्री कम्पनीको मल लुकाएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ४० बोरा डिएपी र युरिया मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष रायले जानकारी दिएका छन। बरामद गरिएको मल प्रहरीको निगरानीमा गोदाममै सिल गरिएको र घरधनी हालसम्म फेला नपरेकाले थप विवरण खुल्न नसकेको रायले बताएका छन ।

यसअघि असोज ८ गते सोही स्थानबाट १ सय ५४ बोरा अनुदानको मल बरामद गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर