Thursday, September 24, 2026

वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै शृंखलाको उपाधि

Advertisement
Advertisement

कलैया, १३ असोज। वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ । आज भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गरेसंगै एक खेल अगावै नेपालले शृंखलाको उपाधि जितेको हो ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो। नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भएको हो।

पहिलो खेलमा १९ रनले वेस्ट इन्डिजलाई पराजित गरेको नेपालले आज पनि फराकिलो रनले पराजित गरेको हो। भोलि हुने अन्तिम खेल अगावै नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला समेत जितेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर