Wednesday, July 1, 2026

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

कलैया, १५ असोज । सर्लाहीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । जिल्लाको हरिपुवा नगरपालिका वडा नम्बर १ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ३ बालबालिकासहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ६ मगरथानाकी ६५ वर्षकी सायदा खातुन, ६ वर्षकी सविवा खातुन, ८ वर्षका डिल्लु मन्सुर र ९ वर्षकी नर्गिस खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर