Monday, August 17, 2026

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५३ बजे

Advertisement
Advertisement Advertisement

कलैया, १६ असोज। नेपालीहरूको महान् चाड बडादशैंको मुख्य दिन आज विजया दशमी। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। टीकाका लागि बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत निर्धारण गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार टीका लगाइदिने व्यक्ति पश्चिम र टीका ग्रहण गर्ने व्यक्ति पूर्व फर्केर बस्नुपर्नेछ । घटस्थापनाका दिन वैदिक विधिपूर्वक स्थापना गरिएको घडाबाट अभिषेक गरी नवदुर्गा भवानीको प्रसादका रूपमा टीका ग्रहण गरिन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजया दशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

समितिका अनुसार बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर