Sunday, August 16, 2026

मौसम विभागले भन्यो – असोज १७ देखि २० गतेसम्म बारासहित १७ जिल्ला उच्च जोखिममा

Advertisement
Advertisement Advertisement

कलैया, १६ असोज।  जल तथा मौसम बिज्ञान बिभागले असोज १७ गते देखि २० गतेसम्म बारा सहित १७ वटा जिल्ला उच्च जोखिममा रहेको भन्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको विभागले जनाएको छ।

विभागका अनुसार काठमाडौँ उपत्यका सहित वागमति प्रदेशको काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको छ।

हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

विशेषगरी असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर