Wednesday, July 1, 2026

महोत्तरीमा बस दुर्घटना : दुई जनाको मृत्यु

कलैया, १७ असोज । महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान बर्दिबास नगरपालिका–११ खयरमारा स्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका छन । घाइते सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर