Wednesday, July 1, 2026

बाराको सबै सरकारी कार्यालय आज देखि खुल्ने

कलैया, २० असोज । बाराको सबै सरकारी कार्यालयहरु आज देखि खुल्ने भएको छ । यस अघि सरकारले अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै असोज १९ र २० गते सार्वजनिक बिदा दिएको थियो ।

तर गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

सोही बमोजिम जिल्ला प्रशासन कार्यालय बाराले आज असोज २० गते देखि सार्वजनिक सेवा सुचारू हुने जनाएको हो । यस बारे बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बारा अपडेटलाई पुष्टि गरेका हुन् ।

यो संगै बारामा रहेका सबै स्थानीय तहबाट पनि आज देखि सार्वजनिक सेवा सुचारू हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । यता कलैया उपमहानगरपालिकाले समेत सूचना जारी गर्दै आज देखि सेवा प्रवाह सुचारु हुने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर