Sunday, August 16, 2026

बारा : टेलिकमको कर्मचारी हुँ भन्दै टावरको तार चोरी गर्ने दुई जना पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया, २४ असोज । नेपाल टेलिकमको कर्मचारी हुँ भन्दै टेलिकम टावरको तामाको तार चोरी गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ का ३२ वर्षीय रमेश प्रसाद यादव र सोही वडाका १९ वर्षीय विष्णु प्रसाद यादव रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेका दुबै जनाले कलैया उपमहानगरपालिका–११ बिसम्भरपुरस्थित नेपाल टेलिकम टावरमा लाखौँ मूल्य बराबरको तामाको तार चोरी गर्न खोजेका थिए । उनीहरुलाई  स्थानीयले बिहिवार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर