कलैया, २४ असोज । बाराको प्रसौनीस्थित दुधौरा खोलामा बेपत्ता भएका स्थानीय २१ वर्षीय बिकि गोसाईको शव ६ दिनपछी आज (शुक्रबार) फेला परेको छ। फेटा गाउँपालिका– १ त्रिवेणी खोलाको पुलबाट अन्दाजी १०० मिटर दक्षिण ३ फिट मुनी खोलाको बिच भागमा बालुवाले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बेपत्ता भएका युवकका बुवा शम्भु गोसाईले आज बिहान ७ बजे इलाका प्रहरी कार्यालय प्रसौनीलाई जानकरी गराएका थिए। त्यस पश्चात् इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा टोली खटिएको थियो ।
खुट्टा र कपडा देखि रहेको आधी भाग बालुवा रहेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। अनुसन्धान तथा मुचुल्काको गरी शवलाई पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैया लगिएको प्रहरीले जनाएको छ ।
असोज १९ गते प्रसौनी गाउँपालिका –२ दुधौरा पुल स्थितमा पुलबाट दुधौरा खोलामा टिकटक बनाउन क्रममा बिकि गोसाई र २० वर्षीय अणुराग केसरवानी दुबै जना हाम फालेका थिए। अनुराग केसरवानी आफै पौडि बाहिर आए र बिकि गोसाई बेपता भएका थिए।



