Thursday, July 2, 2026

एकै दिन ४ हजार २ सयले घट्यो सुनको मुल्य

कलैया, २४ असोज । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ ।

आज सुनको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मूल्य २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर