कलैया, २८ असोज । इजरायली युद्धको क्रममा हमासको कब्जामै मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा पुर्याइएको छ ।
इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव लगिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गरेका छन् । उनका अनुसार शवको डीएनए परीक्षणको तयारी भइरहेको छ ।
डीएनए परीक्षण पछि विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई शव हस्तान्तरणको तयारी गरिएको छ । सन् २०२३ को अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा विपिन अपहरणमा परेका थिए ।