कलैया, २८ असोज । राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै २ हजार २ सय ५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा हिजो सोमबार दिँउसो राजस्व अनुसन्धानसहित सशस्त्र प्रहरी बल बाट खटिएको टोलिले वीरगञ्ज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरबाट अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिएका छन ।
उनका अनुसार बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने जानकारी दिए ।