24.4 C
Kalaiya

Wednesday, October 15, 2025
spot_img
24.4 C
Kalaiya
Wednesday, October 15, 2025

एक महिनामा विदेश पढ्न जाने विद्यार्थीले लगे ३२ अर्ब ७६ करोड

spot_img
spot_img

कलैया, २९ असोज । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेशमा पढ्न जाने विद्यार्थीसँगै ३२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको भदौ महिनाको आर्थिक विवरणअनुसार विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् ।

Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय रु ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब १८ करोड रहेको थियो । यस्तै, खुद सेवा आय रु ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।

Advertisement

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय रु ११ अर्ब ५८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा आय रु १० अर्ब ५५ करोड रहेको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर