27.6 C
Kalaiya

Tuesday, October 21, 2025
spot_img
27.6 C
Kalaiya
Tuesday, October 21, 2025

राष्ट्रिय सम्मानका साथ विपिन जोशीको अन्त्येष्टि

spot_img
spot_img

कलैया, ४ कात्तिक। इजरायल हमास द्वन्द्वको क्रममा हमास समूहकाे बन्धकमा रहेकै अवस्थामा ज्यान गुमाएका कञ्चनपुरका युवक विपिन जाेशीकाे मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएकाे छ । कञ्चनपुरस्थित महाकाली नदी किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढाउनुका साथै सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएकाे हो ।

Advertisement

शवयात्रामा नेपालका लागि इजरायली दूतावासका कर्मचारीले समेत इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए । विपिनको शव सोमबार इजरायलबाट काठमाडौं ल्याइएको थियो।

Advertisement

उनको शवलाई नेपाली सेनाले धनगढी विमानस्थलसम्म पुर्‍याएको थियो भने त्यहाँबाट राति नै कञ्चनपुरको भीमदत्त नगरपालिका-३ स्थित घरमा लगिएको थियो । उनको पार्थिव शरीरलाई हजारौंको उपस्थितिमा महाकाली नदीको भुजेलाघाटमा अन्त्येष्टि गरिएको हो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!