कलैया, ४ कात्तिक । बाराको विभिन्न स्थानहरुमा एक बहुला कुकुरले टोक्दा ५२ जना घाइते भएका छन् ।
बहुला कुकुरको टोकाइबाट घाइते भएका व्यक्तिको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ। ती मध्ये केहिलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको छ ।
बहुला कुकुर नियन्त्रण बाहिर रहेको छ। बसतपुर, घोगलरिया, कलैया, बरेवा टोल, सिसहनिया लगायतको स्थानहरुबाट टोक्दै आएको हो ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। कुकुर दक्षिण तर्फ लागेका छ। सो क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रहरी कार्यालय बाराले आग्रह गरेको छ ।
उक्त कुकुरको खोजतलास गर्न प्रहरी टोलि खटेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।